प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुकका लागि सूचना
NEWS & EVENT NOTICE

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुकका लागि सूचना

राष्ट्र निर्माण मञ्च नेपालले विगतमा भएका स्थानीय, प्रादेशिक र संघीय निर्वाचनहरुमा पर्यवेक्षणको कार्य सम्पन्न गरिसकेको छ । यसका साथै यही  मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पनि यस संस्थाले पर्यवेक्षणको कार्य गर्न गइरहेकोछ । तसर्थ, उक्त निर्वाचनमा पर्यवेक्षकको भूमिका निर्वाह गर्न इच्छुक सम्पूर्ण महानुभावहरुका लागि यो सूचना प्रकाशन गरिएको छ ।

इच्छुक महानुभावहरुले निम्न उल्लेखित आवश्यक दस्तावेजहरु सहित मिति २०७९ आश्विन १० गते ५ बजेभित्र दिइएको link मा File Upload गर्नुहुन अनुरोध छ । कृपया पर्यवेक्षकको कार्यक्षेत्र छनौटका लागि प्रदेश, जिल्ला, स्थानीय तह, वडा नं. र मतदान केन्द्र स्पष्ट उल्लेख गर्नुहोला ।

आवश्यक दस्तावेजहरु:-

  • नागरिकताको स्क्यान कपी
  • दस्तखतको स्क्यान कपी
  • माथिल्लो शैक्षिक योग्यताको स्क्यान कपी
  • पासपोर्ट साइजको फोटोको स्क्यान कपी
  • सपथ ग्रहण पत्र

नोट : आफूले मतदान गर्ने वडा÷मतदान केन्द्रमा पर्यवेक्षण गर्न पाइने छैन ।

Google Form Link : 
https://forms.gle/Vx25fP7jBe6sE9YD6

सपथ ग्रहण पत्र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस 

 

Leave a Reply