राष्ट्र निर्माण मञ्च नेपालको आयोजना र शंखरापुर न . पा ८ को सहकार्यमा २०७७–०८–१९ गते शंखरापुर ८ घुमारचोक काठमान्डौंमा भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल ,मुलुकी देवानी र अपराध संहिता २०७४ को जानकारी , उद्यमी सहुलियतपुर्ण कर्जा साथै न्यायिक समितिमा जाने मुद्दाहरु र मेलमिलाप हुने विवादहरुका सन्दर्भमा सामुदायिक घुम्ति कानुनी ल्किनिक मा छलफल भयो ।संस्थागत परिचय र भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल वारे सुवास तिमिल्सिना र अन्य विषयवस्तुमा अधिवक्ता सुमन न्यौपानेले जानकारी गराउनु भएको थियो। कर्यक्रममा ९ जना महिला र ६५ जना पुरुष गरी जम्मा ७४ जनाको उपस्थिति रहेको थियो । जसमा ६ जना व्रहमण क्षेत्री समुदायबाट र ६८जना जनजाती समुदायबाट उपस्थीती रहेको थियो । कार्यक्रममा २० देखी ८० वर्ष उमेर समुहका जनसमुदायको उपस्थिति रहेको थियो ।पहिलो चरणमा विषयवस्तु जानकारी गराई दोस्रो चरणमा छलफल परामर्श गरीएको थियो। छलफल परामर्श सामुहिक र व्यक्तिगत दुबै किसिमबाट गरीएको थियो । पुननिर्माणका समस्या ,अशंबन्डा , बहुविबाह लगाएत महत्वपुर्ण कानुन समन्धी छलफल परामर्श गरिएको थियो । उपस्थिति र टिपोट गर्न राम प्रतिक र साजन ले सहजिकरण गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि एवम शंखरापुर ८ का वडा अध्यक्ष हितमान तामाङले आफ्नो भनाइ सहित कार्यक्रम समापन गर्नुभयो ।