राष्ट्र निर्माण मञ्च नेपालको आयोजना र म्ोलुङ गाउँपालिका दोलखाको सहकार्यमा २०७६–१०–१६ गते म्ोलुङ गाउँपालिका ७ मा भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल ,मुलुकी देवानी र अपराध संहिता २०७४ को जानकारी साथै न्यायिक समितिमा जाने मुद्दाहरु र मेलमिलाप हुने विवादहरुका सन्दर्भमा सामुदायिक घुम्ति कानुनी ल्किनिक मा छलफल भयो ।संस्थागत परिचय र भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल र केहि कानुनी सवाल वारे राष्ट्र निर्माण मञ्च नेपालका सुवास तिमिल्सिना र अन्य कानुनी विषयवस्तु र न्यायीक समितिमा जाने मुद्दा र मेलमिलाप हुने विवादको सन्दर्भमा अधिवक्ता बाबुराजा शाक्यले जानकारी गराउनु भएको थियो । पहिलो चरणमा विषयवस्तुको जानकारी गराई दोस्रो चरणमा छलफल परामर्श गरीएको थियो। छलफल परामर्श सामुहिक र व्यक्तिगत दुबै किसिमबाट गरीएको थियो । पुननिर्माणका सन्दर्भमा जटील समस्या त्यहाका समुदायले भोगिराख्नु भएको पाइयो । जसमा पहिला पुर्ण लाभग्रहीको सुचीमा सुचिकृत नाम पछी कोेहिको आशिंकमा त कोहिको सुचीवाट नाम हटाइएको गुनासो प्रवल रुपमा पाइयो । पिडित भएर पनि पिडित भनि कतै उल्लेख र जानकारी गराउन नपाएको ,पुनरावेदन र छुट सर्वेको कुनै जानकारी नपाएको ,ऋणको सन्दर्भमा जानकारीनै नभएको जस्ता अनगिन्ती समस्या भुकम्प पिडित समुदायले अझै पनि झेलिरहनु भएको पाइयो । लामो जानकारी ,छलफल र परामर्श पश्चात गरएिको सहभागी सर्वे बाट पनि कार्यक्रम उपयोगि रहेको पाइयो । कार्यक्रममा मुलुकी देवानी र अपराध संहिता २०७४ को बारेमा जानकारी र छलफल पनि भयो । जसमा अंश , नागरिकता जस्ता विषयमा छलफल भयो । कार्यक्रम उपयुक्त रहेको सहभागी सर्वेक्षण बाट देखियो । कार्यक्रममा १६ देखी ७३ वर्ष उमेर समुहका जनसमुदायको सक्रीय सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम र म्ोलुङ गाउँपालिका ७ का अध्यक्ष नवराज खड्काले आफ्नो भनाइ राख्दै कार्यक्रम समग्रमा राम्रो भएको धारणा राख्नुभयो । साथै पुननिर्माणको काम प्रभावकारी बनाउन सम्पुर्ण अधिकार स्थानीय सरकारलाई दिनुपर्नेमा पनि जोड दिनुभयो । अन्तमा पुननिर्माणको जटील समस्या वडावासीले भोग्नु परेको जानकारी गराउदै समस्या समाधानमा कानुनी क्लिनिक प्रभावकारी हुने विस्वास लिदै कार्यक्रम समापन गर्नुभयो ।