राष्ट्र निर्माण मञ्च नेपालको आयोजना र मकवानपुरगढी गा . पा मकवानपुरको सहकार्यमा २०७६–०९–१४ गते मकवानपुरगढी गा पा ७ सुकौरामा भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल ,मुलुकी देवानी र अपराध संहिता २०७४ को जानकारी साथै न्यायिक समितिमा जाने मुद्दाहरु र मेलमिलाप हुने विवादहरुका सन्दर्भमा सामुदायिक घुम्ति कानुनी ल्किनिक मा छलफल भयो ।संस्थागत परिचय सुवास तिमिल्सिना र भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल र केहि कानुनी सवाल वारे राष्ट्र निर्माण मञ्च नेपालका कार्यक्रम संयोजक एवमृ अधिवक्ता सुमन न्यौपाने र अन्य कानुनी विषयवस्तुमा अधिवक्ता अप्सरा वस्नेत र न्यायीक समितिमा जाने मुद्दा र मेलमिलाप हुने विवादको सन्दर्भमा मकवानपुरगढी गा . पाका कानुनी सहजकर्ता रामशरण लामिछानेले जानकारी गराउनु भएको थियो । पहिलो चरणमा विषयवस्तुको जानकारी गराई दोस्रो चरणमा छलफल परामर्श गरीएको थियो। छलफल परामर्श सामुहिक र व्यक्तिगत दुबै किसिमबाट गरीएको थियो । पुननिर्माणका सन्दर्भमा जटील समस्या त्यहाका समुदायले भोगिराख्नु भएको पाइयो । जसमा पहिला पुर्ण लाभग्रहीको सुचीमा सुचिकृत नाम पछी कोेहिको आशिंकमा त कोहिको सुचीवाट नाम हटाइएको गुनासो प्रवल रुपमा पाइयो । पिडित भएर पनि पिडित भनि कतै उल्लेख र जानकारी गराउन नपाएको ,पुनरावेदन र छुट सर्वेको कुनै जानकारी नपाएको ,ऋणको सन्दर्भमा जानकारीनै नभएको जस्ता अनगिन्ती समस्या भुकम्प पिडित समुदायले अझै पनि झेलिरहनु भएको पाइयो । करीव तीन घण्टा लामो जानकारी ,छलफल र परामर्श पश्चात गरएिको सहभागी सर्वे बाट पनि कार्यक्रम उपयोगि रहेको पाइयो तर कार्यक्रममा मुलुकी देवानी र अपराध संहिता २०७४ को बारेमा जानकारी र छलफल पनि भयो । जसमा अंश , नागरिकता जस्ता विषयमा छलफल भयो । कार्यक्रम उपयुक्त रहेको सहभागी सर्वेक्षण बाट देखियो । कार्यक्रममा १६ देखी ७३ वर्ष उमेर समुहका जनसमुदायको सक्रीय सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम मकवानपुरगढी गा पा ७ वडा अध्यक्ष सुर्य ब रुम्वाले आफ्नो भनाइ राख्दै कार्यक्रम समग्रमा राम्रो भएको धारणा राख्नुभयो । उहाँले कार्यक्रमबाट आफुले पनि धेरै कुरा सिकेको र उपस्थीत जनसमुदायले पनि कानुनी र नीतीगत सवालमा केहि कुरा बुझेको विस्वास व्यक्त गर्नुभयो । राष्ट्र निर्माण मञ्च नेपाललाइ मकवानपुरगढीको वडा वडामा आएर कानुनी सेवा प्रदान गरेकोमा धन्यवाद दिदै निरन्तरता दिन पनि अनुरोध गर्नुभयो ।उहाँले पुननिर्माणको जटील समस्या वडावासीले भोग्नु परेको अवगत गराउदै समस्या समाधानमा पहल हुने विस्वास लिदै कार्यक्रम समापन गर्नुभयो ।