राष्ट्र निर्माण मञ्च नेपालको आयोजना र तारकेस्वर नगरपालिका काठमान्डौँको सहकार्यमा २०७६–०९–१२ गते तारकेस्वर नगरपालिका ४ काठमान्डौँमा भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल ,मुलुकी देवानी र अपराध संहिता २०७४ को जानकारी साथै न्यायिक समितिमा जाने मुद्दाहरु र मेलमिलाप हुने विवादहरुका सन्दर्भमा सामुदायिक घुम्ति कानुनी ल्किनिक मा छलफल भयो ।संस्थागत परिचय सुवास तिमिल्सिना र भुकम्पपछिको पुननिर्माणका नितिगत सवालमा राष्ट्रीय पुनर्निर्माण प्राधिकरणका लाल ब वस्नेत र कानुनी विषयवस्तु र न्यायीक समितिमा जाने मुद्दा र मेलमिलाप हुने विवादको सन्दर्भमा अधिवक्ता रजिता थापाले जानकारी गराउनु भएको थियो । पहिलो चरणमा विषयवस्तुको जानकारी गराई दोस्रो चरणमा छलफल परामर्श गरीएको थियो। छलफल परामर्श सामुहिक र व्यक्तिगत दुबै किसिमबाट गरीएको थियो । पुननिर्माणका सन्दर्भमा जटील समस्या त्यहाका समुदायले भोगिराख्नु भएको पाइयो । जसमा पुर्ण लाभग्रहीको सुचीमा सुचिकृत नाम जग्गा पुर्जा अभावको कारण सम्झौता गरी पुनर्निर्माण गर्न नपाएको गुनासो प्रवल रुपमा पाइयो । पिडित भएर पनि पिडित भनि कतै उल्लेख र जानकारी गराउन नपाएको ,पुनरावेदन र छुट सर्वेको कुनै जानकारी नपाएको ,ऋणको सन्दर्भमा जानकारीनै नभएको जस्ता अनगिन्ती समस्या भुकम्प पिडित समुदायले अझै पनि झेलिरहनु भएको पाइयो । सहभागीहरुले आक्रोस र दुखेसो पोख्दै पुननिर्माण मै केन्दीत रहेर अन्तरक्रिया गर्नुभयो । करीव तीन घण्टा लामो जानकारी ,छलफल र परामर्श पश्चात गरएिको सहभागी सर्वे बाट पनि कार्यक्रम उपयोगि रहेको पाइयो । कार्यक्रममा मुलुकी देवानी र अपराध संहिता २०७४ को बारेमा जानकारी र छलफल पनि भयो । कार्यक्रममा २० देखी ६५ वर्ष उमेर समुहका जनसमुदायको सक्रीय सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम तारकेस्वर नगरपालिका ४ का वडा अध्यक्ष नरेन्द्र श्रेष्ठले आफ्नो भनाइ राख्दै कार्यक्रम अति राम्रो भएको धारणा राख्नुभयो । उहाँले कार्यक्रमबाट आफुले पनि धेरै कुरा सिकेको र उपस्थीत जनसमुदायले पनि कानुनी र नीतीगत सवालमा धेरै कुरा बुझेको विस्वास लिदै बुझेको कुरा अरुलाइ पनि बुझाउन अनुरोध गर्नुभयो । राष्ट्र निर्माण मञ्च नेपाललाइ कार्यक्रम आयोजना गरेकोमा विषेश धन्यवाद दिदै उहाँले पुननिर्माणको जटील समस्या वडावासीले भोग्नु परेको अवगत गराउदै अब समस्या समाधानमा सहज हुने विस्वास लिदै कार्यक्रम समापन गर्नुभयो ।