राष्ट्र निर्माण मञ्च नेपालको आयोजना र तारकेस्वर नगरपालिका काठमान्डौँको सहकार्यमा २०७६–०९–०९ गते तारकेस्वर नगरपालिका ६ काठमान्डौँमा भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल ,मुलुकी देवानी र अपराध संहिता २०७४ को जानकारी साथै न्यायिक समितिमा जाने मुद्दाहरु र मेलमिलाप हुने विवादहरुका सन्दर्भमा सामुदायिक घुम्ति कानुनी ल्किनिक मा छलफल भयो ।संस्थागत परिचय सुवास तिमिल्सिना र भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल र न्यायीक समितिमा जाने मुद्दा र मेलमिलाप हुने विवादको सन्दर्भवारे राष्ट्र निर्माण मञ्च नेपालका कार्यक्रम संयोजक एवमृ अधिवक्ता सुमन न्यौपाने र अन्य कानुनी विषयवस्तुमा अधिवक्ता सन्ध्या वास्कोटाले जानकारी गराउनु भएको थियो । पहिलो चरणमा विषयवस्तुको जानकारी गराई दोस्रो चरणमा छलफल परामर्श गरीएको थियो। छलफल परामर्श सामुहिक र व्यक्तिगत दुबै किसिमबाट गरीएको थियो । पिडित भएर पनि पिडित भनि कतै उल्लेख र जानकारी गराउन नपाएको ,पुनरावेदन र छुट सर्वेको कुनै जानकारी नपाएको ,ऋणको सन्दर्भमा जानकारीनै नभएको जस्ता समस्या भुकम्प पिडित समुदायले अझै पनि झेलिरहनु भएको पाइयो । सहभागीहरुले विवाह , अंश ,नागरिकताका समन्धमा पनि जिज्ञासा राख्नुभयो । लामो जानकारी ,छलफल र परामर्श पश्चात गरएिको सहभागी सर्वे बाट पनि कार्यक्रम उपयोगि रहेको पाइयो । कार्यक्रममा २५ देखी ६५ वर्ष उमेर समुहका जनसमुदायको सक्रीय सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम तारकेस्वर नगरपालिका ६ का वडा अध्यक्ष मधु कार्कीले आफ्नो भनाइ राख्दै कार्यक्रम अति राम्रो भएको धारणा राख्नुभयो । तर मौसमका कारण उपस्थीती कम भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।उहाँले कार्यक्रमबाट आफुले पनि धेरै कुरामा प्रश्ट भएको र उपस्थीत जनसमुदायले पनि कानुनी र नीतीगत सवालमा धेरै कुरा बुझेको विस्वास लिदै बुझेको कुरा अरुलाइ पनि बुझाउन अनुरोध गर्दै कार्यक्रम समापन गर्नुभयो ।