Local Government Training- Ghyanlekh and Sunkoshi Gaupalika
NEWS & EVENT

Local Government Training- Ghyanlekh and Sunkoshi Gaupalika

स्थानीय सरकार संचालन विधि र पुननिर्माण सम्वन्धी आवासीय तालिम राष्ट्र निर्माण मन्च नेपालको आयोजना र घ्याङलेख गाँउपालिका र सुनकोशी गाँउपालिका को सहकार्यमा २०७६ कार्तिक १५ देखि १७ मुलकोट, सिन्धुलीमा सम्पन्न भएको छ । घ्याङलेख गाँउपालिका र सुनकोशी गाँउपालिका जनप्रतिनिधीहरु र कर्मचारीहरुलाई पुननिर्माणसम्बन्धी नितीगत व्यवस्था र यससम्बन्धी कानूनी व्यवस्थाबारे बुझाउंदै भुकम्प पीडितलाई सेवा प्रवाहमा सहजीकरण होस भनेर कार्यक्रम आयोजना गरिएको थियो । साथै स्थानिय निकायको अधिकारक्षेत्रभीत्र पर्ने स्थानीय कर, खरिद प्रक्रिया,न्यायीक समितिको न्याय निरुपण प्रक्रीया, मेलमिलाप , स्थानीय कानुन तर्जुमा, र देवानी र अपराध संहिता जस्ता विषयमा पनि स्थानिय निकायका जनप्रतिनिधीहरुलाई विषय विज्ञ व्यक्तीत्वहरुले अन्तरक्रियात्मक तवरबाट आफ्नो विषयवस्तु छलफल मार्पmत् बुझाउने प्रयास गर्नुभएको थियो । दुइ दिन सम्म चलेको उत्त तालिमको शुरुवात राष्ट्रिय गानबाट सुरुवात गरीएको थियो । कार्यक्रमको उद्घाटन घ्याङलेख गाँउपालिका अध्यक्ष जगत ब भोलानले पानसमा वत्ति बालेर गर्नुभयो । उहाँले शुभकामना मन्तव्य राख्दै भन्नुभयो तालिमको विषयवस्तु पुर्णरुपमा हाम्रो आवश्यत्ता अनुसार भएको र तालिमले जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृदि गर्न र स्थानीय सरकारको दैनिकको सेवा प्रभाहलाइ सहज बनाउने विस्वास व्यक्त गर्नुभयो । संविधानले स्थानीय सरकारलाइ दिएका अधिकार केन्द्र तर्फ नै राख्न खोजिएको गुनासो राख्दै तालिम संविधानले दिएका अधिकार प्रयोग गर्न सहयोगी हुने विस्वास व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो विकासका लागि राज्यका जनप्रतिनिधि र कर्मचारी नङ् मासु झै समन्ध बनाएर अगाडि बड्नुपर्छ । घ्याङलेख गाँउपापिका र सुनकोशी गाँउपापिकाका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत ,वडाध्यक्षहरु ,न्यायिक समिति सदस्यहरु , कार्यपालिका सदस्यहरु र कर्मचारीहरु सहित २९ जनाको उपस्थिति रहेको थियो । जसमा पालिका अध्यक्ष र उपाअध्यक्ष ४ , वडा अध्यक्षहरु ९ , प्रमुख प्रशासकीय अधिकृत १, न्यायिक समिति सदस्यहरु ३ , कार्यपालिका सदस्यहरु ५ र स्थानीय तहमा कार्यरत कर्मचारीहरु ७ जना हुनुहुन्थ्यो । जसमा १७ पुरुष र १२ जना महिला हुनुहुन्थ्यो । कार्यक्रम समापनको क्रममा सहभागीहरुले तालिम फलदायी रहेको र आफ्नो कार्य क्षमता अभिवृद्दी साथै जनताको सेवा प्रवाहलाइ सहज गराउन तालिम उपयोगि भएको विस्वास तालिमको अन्तमा गरीएको सहभागी सर्भेबाट व्यक्त गर्नुभयो । कार्यक्रमको अन्तमा मुल्याङ्कन , प्रतिवेदन , मनोरन्जन र व्यवस्थापन समुहबाट समुहगत र समग्र तालिमको अनुभव र समिक्षा प्रस्तुती गर्नुभयो । समापनकै क्रममा घ्याङलेख गाँउपापिका र सुनकोशी गाँउपापिकाका उपाध्यक्षहरुले तालिम सोचेभन्दा फलदायी भएको र वल्ल सहयोग र सहकार्यको ढोका तालिमले खोलेकोले अव निरन्तर समन्वय गर्ने धारणा राख्दै आयोजक राष्ट्र निर्माण मन्च नेपाललाइ विषेश धन्यवाद पनि उहाँहरुले दिनुभयो । यसरी तालिमले सहयोग र सहकार्यको ढोका खोलेको र अव निरन्तर समन्वय गर्ने प्रतिवद्दता सहित तालिम समापन गरीयो ।

Leave a Reply