राष्ट्र निर्माण मञ्च नेपालको आयोजना र महाँकाल गा . पा ललितपुरको सहकार्यमा २०७६–०७–०१ गते महाँकाल गा पा ३ मा भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल ,मुलुकी देवानी र अपराध संहिता २०७४ को जानकारी साथै न्यायिक समितिमा जाने मुद्दाहरु र मेलमिलाप हुने विवादहरुका सन्दर्भमा सामुदायिक घुम्ति कानुनी ल्किनिक मा छलफल भयो ।संस्थागत परिचय सुवास तिमिल्सिना र भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल र केहि कानुनी सवाल वारे राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष एवमृ अधिवक्ता निर्मल कुमार उप्रेती र अन्य कानुनी विषयवस्तुमा अधिवक्ता सुमन न्यौपानेले जानकारी गराउनु भएको थियो। कर्यक्रममा २९ जना महिला र ३९जना पुरुष गरी जम्मा ६८ जनाको उपस्थिति रहेको थियो ।कार्यक्रममा १५ देखी ७० वर्ष उमेर समुहका जनसमुदायको उपस्थिति रहेको थियो ।पहिलो चरणमा विषयवस्तु जानकारी गराई दोस्रो चरणमा छलफल परामर्श गरीएको थियो। छलफल परामर्श सामुहिक र व्यक्तिगत दुबै किसिमबाट गरीएको थियो । पुननिर्माणका समस्या ,अशंबन्डा , बहुविबाह लगाएत महत्वपुर्ण कानुन समन्धी छलफल गरिएको थियो । भुकम्पपिडितका गुनासो संवोधन नभएको , घरेलु हिंसा समुदायमा कायम रहेको र एकल महिला , अशक्त र वृद्दहरुको पुननिर्माण र कानुनी सवालमा त्यहाँ मुख्य समस्या रहेको उपस्थिति जनसमुदायले वताउनु भयो । सहभागीहरुले उत्सुकतापुर्वक अन्तरक्रिया गर्नुभयो । उपस्थिति र टिपोट गर्न ल विध्यार्थी रोशनी खड्काले सहजिकरण गर्नुभयो । करीव तीन घण्टा लामो जानकारी ,छलफल र परामर्श पश्चात गरएिको सहभागी सर्वे बाट पनि कार्यक्रम उपयोगि रहेको पाइयो तर कार्यक्रममा घरेलु हिंसाको विषयवस्तु पनि समावेस भएको भए अझै कार्यक्रमको प्रभावकारीता बड्ने मत पनि सहभागी सर्वेक्षण बाट देखियो । कार्यक्रमका प्रमुख अतिथि एवम महाँकाल गा पा ३ ललितपुरका वडा अध्यक्ष गगांराम तिमिल्सिनाले आफ्नो भनाइ राख्दै कार्यक्रम समग्रमा राम्रो भएको धारणा राख्नुभयो । उहाँले नगरकोटमा भएको तालिमबाट आफुले धेरै सिकेको र सेवाग्रहीलाइ पनि बुझाउन पाए सेवा प्रभाहमा सजिलो हुने विस्वासका साथ राष्ट्र निर्माण मञ्च नेपाललाइ गाउमा सामुदायिक घुम्ति कानुनी ल्किनिक गर्न समन्वय गरेको र वुझेको कुरा अरुलाइ पनि वुझाउन सवैलाइ अनुरोध गर्नुभयो ।मन्तव्यकै क्रममा महाँकाल गा पा की उपाअध्यक्ष कमला लामा तामाङ्ले सन्छीप्त मन्तव्य राख्दै कानुनी क्लिनिक अन्य वडामा राख्न आफुले समन्वय गर्ने र अन्य काम पनि गाउँपालिकाले अन्य कार्यक्रम पनि संस्था र्सग सहकार्य गरेर गर्ने वचन व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो ।