Local Government Training Makwanpurgadi Rural Municipality
NEWS & EVENT

Local Government Training Makwanpurgadi Rural Municipality

भुकम्पपछिको पुननिर्माण र स्थानीय सरकार संचालन विधि सम्वन्धी आवासीय तालिम राष्ट्र निर्माण मन्च नेपालको आयोजना र मकवानपुरगढी गाउ‘ँपालिका मकवानपुरको सहकार्यमा २०७६ असोज ११ गते सम्पन्न भएको छ । मकवानपुरगढी गाउ‘ँपालिका जनप्रतिनिधीहरु र कर्मचारीहरुलाई पुननिर्माणसम्बन्धी नितीगत व्यवस्था र यससम्बन्धी कानूनी व्यवस्थाबारे बुझाउंदै भुकम्प पीडितलाई सेवा प्रवाहमा सहजीकरण होस भनेर कार्यक्रम आयोजना गरिएको थियो । साथै स्थानिय निकायको अधिकारक्षेत्रभीत्र पर्ने स्थानीय कर, खरिद प्रक्रिया,न्यायीक समितिको न्याय निरुपण प्रक्रीया, विकास निर्माणको क्रममा हुनुपर्ने वातावरण प्रभाव मुल्याङ्कन , स्थानीय कानुन तर्जुमा,ई गभरमेन्स र देवानी र अपराध संहिता जस्ता विषयमा पनि स्थानिय निकायका जनप्रतिनिधीहरुलाई विषय विज्ञ व्यक्तीत्वहरुले अन्तरक्रियात्मक तवरबाट आफ्नो विषयवस्तु बुझाउने प्रयास गर्नुभएकोथियो । कार्यक्रमको उद्घाटन मकवानपुरगढी गाउ‘ँपालिकाका अध्यक्ष विदुर हुमागाइले पानसमा वत्ति बालेर गर्नुभयो । उहाँले शुभकामना मन्तव्य राख्दै भन्नुभयो तालिमको विषयवस्तु पुर्णरुपमा हाम्रो आवश्यत्ता अनुसार भएको र तालिमले जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृदि गर्न र स्थानीय सरकारको दैनिकको सेवा प्रभाहलाइ सहज बनाउने विस्वास व्यक्त गर्नुभयो ।उहाँले दुइदिन सम्म कुनै काम नभनी तालिममा केन्द्रित हुन सहभागिलाइ अनुरोध गर्दै तालिम सफलताको शुभकामना व्यक्तm गर्दै तालिम उपयोगी हुने विस्वास व्यक्तm गर्नुभयो । यसै तालिम संग सम्बन्धित भिडियो को लिंक https://www.youtube.com/watch?v=I2zZh2V57v8&t=89s

Leave a Reply