सामुदायिक घुम्ति कानुनी ल्किनिक, मकवानपुरगढी मकवानपुर–राष्ट्र निर्माण मञ्च नेपालको आयोजना र मकवानपुरगढी गा . पा मकवानपुरको सहकार्यमा २०७६–०७–०५ गते मकवानपुरगढी गा पा ३ मा भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल ,मुलुकी देवानी र अपराध संहिता २०७४ को जानकारी साथै न्यायिक समितिमा जाने मुद्दाहरु र मेलमिलाप हुने विवादहरुका सन्दर्भमा सामुदायिक घुम्ति कानुनी ल्किनिक मा छलफल भयो ।संस्थागत परिचय सुवास तिमिल्सिना र भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल र केहि कानुनी सवाल वारे राष्ट्र निर्माण मञ्च नेपालका कार्यक्रम संयोजक एवमृ अधिवक्ता सुमन न्यौपाने र अन्य कानुनी विषयवस्तुमा अधिवक्ता कृष्ण प्र छटखुल्ली र न्यायीक समितिमा जाने मुद्दा र मेलमिलाप हुने विवादको सन्दर्भमा मकवानपुरगढी गा . पाका कानुनी सहजकर्ता रामशरण लामिछानेले जानकारी गराउनु भएको थियो। कर्यक्रममा २० जना महिला र ९० जना पुरुष गरी जम्मा ११० जनाको उपस्थिति रहेको थियो ।कार्यक्रममा १८ देखी ७५ वर्ष उमेर समुहका जनसमुदायको उपस्थिति रहेको थियो ।पहिलो चरणमा विषयवस्तुको जानकारी गराई दोस्रो चरणमा छलफल परामर्श गरीएको थियो। छलफल परामर्श सामुहिक र व्यक्तिगत दुबै किसिमबाट गरीएको थियो । पुननिर्माणका सन्दर्भमा जटील समस्या त्यहाका समुदायले भोगिराख्नु भएको पाइयो । जसमा पहिला पुर्ण लाभग्रहीको सुचीमा सुचिकृत नाम पछी कोेहिको आशिंकमा त कोहिको सुचीवाट नाम हटाइएको गुनासो प्रवल रुपमा पाइयो । पिडित भएर पनि पिडित भनि कतै उल्लेख र जानकारी गराउन नपाएको ,पुनरावेदन र छुट सर्वेको कुनै जानकारी नपाएको ,ऋणको सन्दर्भमा जानकारीनै नभएको जस्ता अनगिन्ती समस्या भुकम्प पिडित समुदायले अझै पनि झेलिरहनु भएको पाइयो । सहभागीहरुले उत्सुकतापुर्वक अन्तरक्रिया गर्नुभयो । उपस्थिति र टिपोट गर्न सोसल साइन्स विध्यार्थी अंकित वुढातोकीले सहजिकरण गर्नुभयो । करीव तीन घण्टा लामो जानकारी ,छलफल र परामर्श पश्चात गरएिको सहभागी सर्वे बाट पनि कार्यक्रम उपयोगि रहेको पाइयो तर कार्यक्रममा घरेलु हिंसाको विषयवस्तु र मुलुकी देवानी र अपराध संहिता २०७४ को बारेमा जानकारी वाहेक छलफल हुन सकेन किनकी सहभागीहरु पुननिर्माणमै बढी केन्द्रित हुनुभयो । कार्यक्रम प्रभावकारी भएको सहभागी सर्वेक्षण बाट देखियो । कार्यक्रमका प्रमुख अतिथि एवम मकवानपुरगढी गा पा ३ वडा अध्यक्ष भागवत घिमिरेले आफ्नो भनाइ राख्दै कार्यक्रम समग्रमा राम्रो भएको धारणा राख्नुभयो । उहाँले हेटौडाको तालिमबाट आफुले धेरै सिकेको र सेवाग्रहीलाइ पनि बुझाउन पाए सेवा प्रभाहमा सजिलो हुने विस्वासका साथ राष्ट्र निर्माण मञ्च नेपाललाइ गाउमा सामुदायिक घुम्ति कानुनी ल्किनिक गर्न समन्वय गरेको र वुझेको कुरा अरुलाइ पनि वुझाउन सवैलाइ अनुरोध गर्नुभयो । उहाँले सन्छीप्त मन्तव्य राख्दै अन्य कार्यक्रम पनि वडामा राख्न आफुनो संस्थालाइ आग्रह रहेको र कानुन समन्धी अन्य कार्यक्रम पनि संस्था र्सग सहकार्य गरेर गर्ने चाहाना व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो ।