राष्ट्र निर्माण मञ्च नेपालको आयोजना र बनेपा न.पा को सहकार्यमा २०७६–०४–२४ गते बनेपा न पा १२ बाँसडोल काभ्रेपलान्चोकमा भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल ,मुलुकी देवानी र अपराध संहिता २०७४ को जानकारी साथै न्यायिक समितिमा जाने मुद्दाहरु र मेलमिलाप हुने विवादहरुका सन्दर्भमा सामुदायिक घुम्ति कानुनी ल्किनिक मा छलफल भयो ।संस्थागत परिचय र भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल वारे सुवास तिमिल्सिना ,मुलुकी देवानी र अपराध संहिता २०७४ को बारेमा अधिवक्ता निरोज प्रसाद नेपाल र अन्य छुटेका विषयवस्तुमा अधिवक्ता सुमन न्यौपानेले जानकारी गराउनु भएको थियो। कर्यक्रममा ३५ जना महिला र २१ जना पुरुष गरी जम्मा ५६ जनाको उपस्थिति रहेको थियो ।कार्यक्रममा २० देखी ८० वर्ष उमेर समुहका जनसमुदायको उपस्थिति रहेको थियो ।पहिलो चरणमा विषयवस्तु जानकारी गराई दोस्रो चरणमा छलफल परामर्श गरीएको थियो। छलफल परामर्श सामुहिक र व्यक्तिगत दुबै किसिमबाट गरीएको थियो । पुननिर्माणका समस्या ,अशंबन्डा , बहुविबाह लगाएत महत्वपुर्ण कानुन समन्धी छलफल परामर्श गरिएको थियो । उपस्थीत महानुभावहरुले मुलुकी देवानी र अपराध संहिता २०७४ लागु हुनुभन्दा पहिला बहुविवाह भएको अहिले दर्ता हुन्छ की हुदैन ? श्रीमती को मृत्यु भएपछी अर्को विवाह गर्न पाइन्छ की पाइदैन ? श्रीमती भएको अवस्थामा अर्को विहे गर्न पाइन्छ की पाइन्न भनेर टिपोट गरी एकमुस्ट सामुहिक प्रश्न गर्नु भएको थियो । जवाफमा हालको कानुन अनुसार बहुविवाह कुनै पनि मानेमा दर्ता हुदैन अथवा तेस्तो विबाह सोत रद्ध हुन्छ ।कानुन लागु हुनुभन्दा पहिलेको बहुविवाह भएपनि स्वत दर्ता हुदैन तर कानुन लागु हुनुभन्दा पहिलेको बिवाहलाइ हालको कानुन अनुसार कार्भाइ भने गर्न पाइदैन । श्रीमती भएको अवस्थामा यदि ऊ श्रीमान् संग अश वापत सम्पती वुझेर छुट्टै बसेको भए मात्र अर्काे विवाह गर्न पाइन्छ अन्यथा पाइदैन ।उपस्थिति र टिपोटमा सुवास तिमिल्सिना र स्थानीय विनिता राउतले सहजिकरण गर्नुभयो । करीव दिउसो १२ बजे देखि ३ बजे सम्म तीन घण्टा लामो जानकारी ,छलफल र परामर्श पश्चात गरएिको सहभागी सर्वे बाट पनि कार्यक्रम धेरै उपयोगि रहेको पाइयो । कार्यक्रमका प्रमुख अतिथि एवम बनेपा १२ का वडा अध्यक्ष राम वहादुर कुँभरले आफ्नो भनाइ राख्दै कामका वावजुत पनि सहभागिता राम्रो रहेको र जानेको कुरा अरुलाइ सिकाउन र अप्ठेरोमा वडा सम्झन अनुरोध सहित कार्यक्रम समापन गर्नुभयो ।