राष्ट्र निर्माण मञ्च नेपालको आयोजना र बनेपा न.पा को सहकार्यमा २०७६–०४–२९ गते बनेपा न पा १४ नासीकास्थान , काभ्रेपलान्चोकमा भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल ,मुलुकी देवानी र अपराध संहिता २०७४ को जानकारी सन्दर्भमा सामुदायिक घुम्ति कानुनी ल्किनिक मा छलफल भयो ।संस्थागत परिचय र भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल वारे सुवास तिमिल्सिना ,मुलुकी देवानी र अपराध संहिता २०७४ को बारेमा अधिवक्ता वावुराजा शाक्यले जानकारी गराउनु भएको थियो। कर्यक्रममा २१ जना महिला र २२ जना पुरुष गरी जम्मा ४३ जनाको उपस्थिति रहेको थियो ।कार्यक्रममा २० देखी ८० वर्ष उमेर समुहका जनसमुदायको उपस्थिति रहेको थियो ।पहिलो चरणमा विषयवस्तु जानकारी गराई दोस्रो चरणमा छलफल परामर्श गरीएको थियो। छलफल परामर्श सामुहिक र व्यक्तिगत दुबै किसिमबाट गरीएको थियो । पुननिर्माणका समस्या ,अशंबन्डा , बहुविबाह लगाएत महत्वपुर्ण कानुन समन्धी छलफल परामर्श गरिएको थियो । उपस्थीत महानुभावहरुले मुलुकी देवानी र अपराध संहिता २०७४ लागु हुनुभन्दा पहिला बहुविवाह भएको अहिले दर्ता हुन्छ की हुदैन ? श्रीमती को मृत्यु भएपछी अर्को विवाह गर्न पाइन्छ की पाइदैन ? श्रीमती भएको अवस्थामा अर्को विहे गर्न पाइन्छ की पाइन्न भनेर टिपोट गरी एकमुस्ट सामुहिक प्रश्न गर्नु भएको थियो । जवाफमा हालको कानुन अनुसार बहुविवाह कुनै पनि मानेमा दर्ता हुदैन अथवा तेस्तो विबाह सोत रद्ध हुन्छ । स्थानीय प्रलाद प्रसाद ढकालले मानु छुटीएको र जोडीएको कसरी प्रमाणीत हुन्छ भनि जिज्ञासा राख्नु भएको थियो जवाफमा अधिवक्ता बावुराजा शाक्यले मालपोतमा रजिस्टर कागज वा सार्वजनिक सर्जिमिन वाट प्रमाणीत हुने वताउनु भयो । साथै उहाँले हकदैया ,हदम्याद , दरपिट सम्बन्धि पनि वुझाउनु भयो ।उपस्थिति र टिपोटमा कानुन विद्यार्थी कुमार दंगालले सहजिकरण गर्नुभयो । करीव दिउसो १२ बजे देखि ३ बजे सम्म तीन घण्टा लामो जानकारी ,छलफल र परामर्श पश्चात गरएिको सहभागी सर्वे बाट पनि कार्यक्रम धेरै उपयोगि रहेको पाइयो । कार्यक्रमका प्रमुख अतिथि एवम बनेपा१४ का वडा अध्यक्ष गौरी राउतले आफ्नो भनाइ राख्दै स्थानीय कामका कारण पनि सहभागिता अलि कम रहेको वताउदै जानेको कुरा अरुलाइ सिकाउन पनि अनुरोध गर्नुभयो। उहाँले पुननिर्माणको काम ८० प्रतिशत सकीएको र आर्थिक अभाव , जग्गा विवाद , आदी कारण रोकीएको र उहाँहरुको लागी पनि वडाले सक्दो पहल गरेको वताउनु भयो । अन्त्यमा राष्ट्र निर्माण मञ्च नेपाललाइ धन्यवाद दीदै कार्यक्रम उपयुक्त भ एको निष्कर्ष सहित कार्यक्रम समापन गर्नुभयो ।