Local Government Training
NEWS & EVENT

Local Government Training

भुकम्पपछिको पुननिर्माण र स्थानीय सरकार संचालन विधि सम्वन्धी आवासीय तालिम राष्ट्र निर्माण मन्च नेपालको आयोजना र नुवाकोटको दुप्चेश्वर गाउ‘ँपालिका र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकासँगको सहकार्यमा सम्पन्न भएको छ । स्थानिय जनप्रतिनिधीहरुलाई पुननिर्माणसम्बन्धी नितीगत व्यवस्था र यससम्बन्धी कानूनी व्यवस्थाबारे बुझाउंदै भुकम्प पीडितलाई सेवा प्रवाहमा सहजीकरण होस भनेर कार्यक्रम आयोजना गरिएको थियो । साथै स्थानिय निकायको अधिकारक्षेत्रभीत्र पर्ने स्थानीय कर, खरिद प्रक्रिया, न्याय निरुपण, र मेलमिलाप जस्ता विषयमा पनि स्थानिय निकायका जनप्रतिनिधीहरुलाई विषय विज्ञ व्यक्तीत्वहरुले बुझाउने प्रयास गर्नुभएको थियो । कार्यक्रममा राष्ट्र निर्माण मन्च नेपालका अध्यक्ष एवम अधिवक्ता निर्मल कुमार उप्रेतीले स्थानीय जनप्रतिनिधीहरुको क्षमता अभिवृद्दी गरी जनताको सेवा प्रवाहलाई सरल र सहज बनाइ जनताको न्यायमा पहँुच स्थापित गर्ने उद्देश्यका साथ स्थानीय सरकारलाइ तालिम संचालन गरीरहेको वताउनु भयो । तालिममा देवानी र अपराध संहिताको सन्दर्भमा क्रमश नेपाल वार एशोसिएशनका उपाअध्यक्ष एवम अधिवक्ता रक्षा वस्याल र वरिष्ठ अधिवक्ता सुर्य प्रसाद कोइराला , स्थानीय सरकारका अधिकार र स्थानीय सरकारबाट हुने सिफारिस सम्वन्धमा अधिवक्ता विदुर प्र ढुगांना ,न्यायिक समितिको न्याय निरुपण प्रक्रीयाको सम्वन्धमा अधिवत्ता रामकृष्ण काफ्ले ,मेलमीलापका सम्वन्धमा विज्ञ उद्दव अधिकारी , पुननिर्माणको सन्दर्भमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका लाल व वस्नेत , स्थानीय कानुन तर्जुमा र सुचनाको हक सम्वन्धमा अधिवक्ता वसन्त आचार्य र स्थानीय कर, खरिद प्रक्रिया र ई सरकार सम्वन्धमा विज्ञ शुसिल सुवेदी लगाएतले अन्तरक्रियात्मक तवरवाट आफ्ना विषयवस्तुको प्रस्तुतीकरण गर्नुभयो । दुप्चेश्वर गा.पा नुवाकोट र मेलम्ची न.पा सिन्धुपाल्चोकका अध्यक्ष , उपाध्यक्ष ,वडाध्यक्षहरु ,न्यायिक समिति सदस्यहरु , कार्यपालिका सदस्यहरु र कर्मचारीहरु सहित ४५ जनाको उपस्थिति रहेको थियो । कार्यक्रम समापनको क्रममा सहभागीहरुले तालिम फलदायी रहेको र आफ्नो कार्य क्षमता अभिवृद्दी साथै जनताको सेवा प्रवाहलाइ सहज गराउन तालिम उपयोगि भएको विस्वास व्यक्त गर्नुभयो ।

Leave a Reply