Community Mobile Legal Clinic, Banepa-05, Himal School

राष्ट्र निर्माण मञ्च नेपालको आयोजना र बनेपा न . पा ५ को सहकार्यमा २०७७–०८–१८ गते बनेपा न पा ५ हिमाल स्कुल काभ्रेपलान्चोकमा भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल ,मुलुकी देवानी र अपराध संहिता २०७४ को जानकारी , उद्यमी सहुलियतपुर्ण कर्जा , मनोसामाजिक शिक्षा साथै न्यायिक समितिमा जाने मुद्दाहरु र मेलमिलाप हुने विवादहरुका सन्दर्भमा सामुदायिक घुम्ति कानुनी ल्किनिक मा छलफल भयो । साथै सहभागीहरुलाइ हातधुने साबुन र माक्स समेत वितरण गरीयो । संस्थागत परिचय र भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल वारे सुवास तिमिल्सिना, मनोसामाजिक शिक्षाका सन्दर्भमा अमृता मण्डल र सिर्जा पराजुली र अन्य विषयवस्तुमा अधिवक्ता सुमन न्यौपानेले जानकारी गराउनु भएको थियो। कर्यक्रममा ३२ जना महिला र १० जना पुरुष गरी जम्मा ४२ जनाको उपस्थिति रहेको थियो । जसमा ३८ जना व्रहमण क्षेत्री समुदायबाट र ४ जना जनजाती समुदायबाट उपस्थीती रहेको थियो । कार्यक्रममा २५ देखी ६० वर्ष उमेर समुहका जनसमुदायको उपस्थिति रहेको थियो ।पहिलो चरणमा विषयवस्तु जानकारी गराई दोस्रो चरणमा छलफल परामर्श गरीएको थियो। छलफल परामर्श सामुहिक र व्यक्तिगत दुबै किसिमबाट गरीएको थियो । पुननिर्माणका समस्या ,अशंबन्डा , बहुविबाह लगाएत महत्वपुर्ण कानुन, सहुलियत कर्जा समन्धी छलफल परामर्श गरिएको थियो । उपस्थिति र टिपोट गर्न अमृता र सिर्जा ले सहजिकरण गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि एवम बनेपा ५ का वडा अध्यक्ष बलराम अधिकारीले आफ्नो भनाइ सहित कार्यक्रम समापन गर्नुभयो ।

Share:

Tags:

Leave a Comment