Community Mobile Clinic Against Domestic Violence

राष्ट्र निर्माण मञ्च नेपालको आयोजना र बनेपा न.पा ५ को सहकार्यमा २०७६–०४–२३ गते बनेपा न पा ५ हिमालयन स्कुल र वडा कार्यालय काभ्रेपलान्चोकमा घरेलु हिंसा सम्बन्धि दुई वटा सामुदायिक घुम्ति ल्किनिक संचालन भयो ।संस्थागत परिचय सुवास तिमिल्सिना , घरेलु हिंसा सम्बन्धि राज्यको नितिगत व्यवस्था सम्बन्धमा अधिवक्ता सुमन न्यौपानेले र घरेलु हिसांको प्रकार , घरेलु हिंसा न्युनिकरणमा समाज र नागरिकले खेल्नुपर्ने भुमिका साथै घरेलु हिंसा पिडितको लागि मनोविमर्श आदीको आवस्यक्ता सन्दर्भमा मनोविमर्श विज्ञ प्रतिमा शर्माले जानकारी गराउनु भएको थियो । कार्यक्रमको पहिलो चरणमा घरेलु हिसांको प्रकार ,सो सम्बन्धी हाम्रो नितिगत व्यवस्था र घरेलु हिंसा न्युनिकरणमा राज्यले चालेका कदम र भुमीका साथै समाज र नागरिकले खेल्नुपर्ने भुमिकाको सन्दर्भमा छलफल भयो । हिमालयन स्कुलमा ५४ जना महिला र २२ जना पुरुष गरी जम्मा ७६ जनाको उपस्थिति रहेको थियो । भने वडा कार्यालयको क्लिनीकमा ३० जना महिला र ९ जना पुरुष गरी जम्मा ३९ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा १६ देखी ९० वर्ष उमेर समुहका जनसमुदायको उपस्थिति रहेको थियो ।पहिलो चरणको कार्यक्रम समाप्ती पश्चात घरेलु हिंसा सम्बन्धि परेका समस्याको पिडित र परिवार संग छलफल ,परामर्श र समाधानका उपाए बारे छलफल गरीएको थियो । अझै पनि समाजमा दाइजो ,अशंको कारण महिलाहरु हिसांमा परेको र छोराछोरी विच पनि विभेद रहेको देखियो फलस्वरुप बुहारीहरुलाइ जागिर गर्न रोकेको र सोही तनावले मानसिक असर परेको बताउनु भयो । बहुविवाह पनि समाजमा समस्याको रुपमा रहेको छ ।तर ,मुलुकी देवानी र अपराध संहिता २०७४ को प्रावधान अनुसार बहुविवाह अमान्य र दाइजो प्रथा पनि दण्डनिय भएकाले कानुनले पनि न्याय गर्ने मनोविमर्श विज्ञ प्रतिमा शर्माले वताउनु भयो । पारीवारीक तनावले कुलतमा लागेको , श्रीमान परस्त्री संग लागेर घरमा तनाव बढेको आदी समस्या अझै समाज र घरघरमा रहेको देखिएको छ । पिडित ले नाम नबताउने शर्तमा आफ्नो र समुदायको समस्या राख्नु भयो ।उपस्थिति र टिपोटमा सुवास तिमिल्सिना र स्थानीयले सहजिकरण गर्नुभयो । विहानको कार्यक्रम ७ बजे देखि १० बजे सम्म र दिउसको कार्यक्रम २ बजे देखी ५ बजे सम्म चलेको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम बनेपा ५ का वडा अध्यक्ष वलराम सापकोटालेले आफ्नो भनाइ राख्दै कामका वावजुत पनि सहभागिता राम्रो रहेको र जानेको कुरा अरुलाइ सिकाउन र अप्ठेरोमा वडा सम्झन अनुरोध गर्नुभयो ।साथै कानुन , पुननिर्माण ,वैदेशिक रोजगार आदि विषयको नितिगत सवालमा राष्ट्र निर्माण मञ्च नेपालको सहयोग परामर्श अतुलनिय रहेको र निरन्तर सहयोगको अपेक्षा सहित कार्यक्रम समापन गर्नुभयो ।

Share:

Tags:

Leave a Comment