सामुदायिक घुम्ति कानुनी ल्किनिक महाँकाल गाउपालिका २ ललितपुर: राष्ट्र निर्माण मञ्च नेपालको आयोजना र महाँकाल गाउपालिका ललितपुरको सहकार्यमा २०७६–०८–१९ गते महाँकाल गाउपालिका २ मनिखेलमा भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल ,मुलुकी देवानी र अपराध संहिता २०७४ को जानकारी साथै न्यायिक समितिमा जाने मुद्दाहरु र मेलमिलाप हुने विवादहरुका सन्दर्भमा सामुदायिक घुम्ति कानुनी ल्किनिक मा छलफल भयो ।संस्थागत परिचय र भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल सुवास तिमिल्सिना र ,मुलुकी देवानी र अपराध संहिता २०७४ को जानकारी साथै न्यायिक समितिमा जाने मुद्दाहरु र मेलमिलाप हुने विवादहरुका सन्दर्भमा राष्ट्र निर्माण मञ्च नेपालका कार्यक्रम संयोजक एवम् अधिवक्ता सुमन न्यौपानेले जानकारी गराउनु भयो । कर्यक्रममा ४१ जना महिला र २६ जना पुरुष गरी जम्मा ६७ जनाको उपस्थिति रहेको थियो ।कार्यक्रममा १६ देखी ७० वर्ष उमेर समुहका जनसमुदायको उपस्थिति रहेको थियो । पहिलो चरणमा विषयवस्तुको जानकारी गराई दोस्रो चरणमा छलफल परामर्श गरीएको थियो। छलफल परामर्श सामुहिक र व्यक्तिगत दुबै किसिमबाट गरीएको थियो । पुननिर्माणका सन्दर्भमा केही समस्या त्यहाका समुदायले भोगिराख्नु भएको पाइयो । जसमा पहिला पुर्ण लाभग्रहीको सुचीमा सुचिकृत नाम पछी कोेहिको आशिंकमा त कोहिको सुचीवाट नाम हटाइएको गुनासो पाइयो । पुनरावेदन र छुट सर्वेको नतिजा कहाँ छ कुनै जानकारी छैन स्थानीय सविना न्यौपाने भन्नुहुन्छ । ऋणको सन्दर्भमा ऋण पाइन्छ भन्छन तर कहाँबाट कति र कसरी पाइन्छ जानकारीनै नभएको जस्ता समस्या भुकम्प पिडित समुदायले अझै पनि झेलिरहनु भएको पाइयो । सहभागीहरुले उत्सुकतापुर्वक अन्तरक्रिया गर्नुभयो । उपस्थिति र टिपोट गर्न सोसल साइन्स विध्यार्थी राम बरालले सहजिकरण गर्नुभयो । करीव २ घण्टा लामो जानकारी ,छलफल र परामर्श पश्चात गरएिको सहभागी सर्वे बाट पनि कार्यक्रम उपयोगि रहेको पाइयो । कार्यक्रमका प्रमुख अतिथि एवम का महाँकाल गाउपालिका २ का वडा अध्यक्ष शन्चमान तामाङ्ले आफ्नो भनाइ राख्दै कार्यक्रम समग्रमा राम्रो भएको धारणा राख्नुभयो । उहाँले नगरकोटको तालिमबाट आफुले धेरै सिकेको र सेवाग्रहीलाइ पनि बुझाउन पाए सेवा प्रभाहमा सजिलो हुने विस्वासका साथ राष्ट्र निर्माण मञ्च नेपाललाइ गाउमा सामुदायिक घुम्ति कानुनी ल्किनिक गर्न समन्वय गरेको र वुझेको कुरा अरुलाइ पनि वुझाउन सवैलाइ अनुरोध गर्नुभयो । सन्छीप्त मन्तव्य राख्दै अन्य कार्यक्रम पनि वडामा राख्न आफुनो संस्थालाइ आग्रह रहेको र कानुन समन्धी अन्य कार्यक्रम पनि संस्था र्सग सहकार्य गरेर गर्ने चाहाना व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो ।