Press Conference & Interaction Program
NEWS & EVENT

Press Conference & Interaction Program

प्रेश विज्ञप्ति राष्ट्र निर्माण मञ्चले आज मिति आषाढ १७, २०७३ मा “आप्रवासी कामदारहरुका समस्या र इन्टरनेट मनोवैज्ञानिक परामर्श” विषयक एक अन्र्तक्रिया कार्यक्रम सम्पन्न ग¥यो । उक्त कार्यक्रम विदेश गएका आप्रवासी कामदारहरुको हक हितलाई ध्यानमा राखेर उनीहरुलाई मनोवैज्ञानिक परामर्श आवश्यक भएको खण्डमा दिनुपर्दछ भन्ने ध्येय राखि आयोजना गरिएको हो । नेपालबाट वर्षेनी हजारौंको संख्यामा खाडी मुलुक, मलेशिया, कोरिया लगायतका मुलुकहरुमा मानिसहरु काम गर्नका लागि जाने गर्दछन् । आफ्नो घरपरिवारबाट छुट्टिएर केही पैसा कमाउन भनेर निकै जोखिमपूर्ण काम गर्न उनीहरु बाध्य हुन्छन् । साथै उनीहरुले प्रतिकूल हावापानीमा काम गर्नु परेको हुन्छ । उनीहरु आफ्ना परिवारजनबाट टाढा भई एक्लै काम गर्न बाध्य हुनु परेको हुन्छ । यस्तो अवस्थामा उनीहरुमा नैराश्यता, एक्लोपन आउनु स्वभाविक हुन जान्छ । कतिले त आफूलाई सँभालिरहेका हुन्छन् भने केही व्यक्तिहरु छटपटाहट र उकुसमुकुसको वातावरणमा काम गर्दा डिप्रेसनको शिकार भई आत्महत्या गरि मृत्युवरण पनि गर्न पुग्दछन् । यसरी विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुलाई एंकाकीपन, डिप्रेसन र आत्महत्या हुनबाट जोगाउने उद्देश्यले राष्ट्र निर्माण मञ्चले विगत दुई महिना देखि दूर मनोवैज्ञानिक परामर्श अन्तर्गत इन्टरनेट मनोवैज्ञानिक परामर्श शुरु गरेको छ । यस कार्यमा विशेष गरेर मनोविज्ञानका ज्ञाता तथा विश्लेषक प्रतिमा शर्मा लागिरहनु भएको छ । “आप्रवासी कामदारहरुका समस्या र इन्टरनेट मनोवैज्ञानिक परामर्श” भन्ने विषयमाथि श्री प्रतिमा शर्माले आफ्नो प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो कि नेपालमा आत्महत्याको दर निकै उच्च छ । सरदर दिनमा १५ जनाले आत्महत्या गर्ने गर्दछन् र यो आत्महत्याको निम्ति विश्वमा ७ औं स्थानमा छ जुन निकै डरलाग्दो स्थिति हो । दक्षिण एशियामा नेपाल आत्महत्या गर्ने देशमा श्रीलंका पछि दोश्रो स्थानमा आउँछ । अध्ययनका अनुसार आत्महत्या गर्ने प्रयास चाहिं आत्महत्या गर्नेहरुको भन्दा बीस गुणा बढी छ जुन निकै नै भयाभय हो । टाउको दुखेमा सिटामोल खाने गरिन्छ भने मन दुखेमा के खाने ? यो त भयो देश भित्रको अवस्था । तर विदेशमा गएका दाजुभाइ दिदीबहिनीको कथा, पीडा र दुखेको मन कसले सुनिदिने ? यही समस्याबाट अलिकति भए पनि समाधान गर्नको निम्ति दूर मनोवैज्ञानिक परामर्श सेवा संचालन गरिएको हो जसको उद्देश्य वैचेन तथा अतालिएर बसेका वैदेशिक रोजगारमा गएका व्यक्तिहरुलाई सान्त्वना दिई उनीहरुले भविष्यमा चाल्न सक्ने आत्महत्या जस्तो डरलाग्दो घटनाबाट बचाउनु र उनीहरुको समस्यालाई समाधान गर्नु हो । मनोवैज्ञानिक सिद्धान्त अनुसार पनि आफ्नो दुःख अरुलाई व्यक्त गर्दा मन हल्का हुन्छ । कार्यक्रममा कमला बस्नेतले मनोवैज्ञानिक प्राथमिक उपचारको बारेमा प्रकाश पार्नु भएको थियो जस अनुसार यदि कुनै व्यक्ति मनोवैज्ञानिक रुपमा आक्रान्त छ, पीडित छ भने उसलाई प्रारम्भिक चरणमा केही सान्त्वना पार्ने कोशिस गरिन्छ जुन सामान्य व्यक्तिले पनि सजिलै गर्न सक्दछ । कार्यक्रममा बीबीसीका वरिष्ठ सम्वाददाता उमिद बाग्चन, कान्तिपुरका सम्वाददाता दिनेश रेग्मी लगायतको उपस्थित थियो । संस्थाले बैदेशिक रोजगारमा गएका कामदारहरुलाई इन्टरनेट मनोपरामर्शका माध्यमबाट सहयोग गर्दै जाने र नेपालमा नै पहिलोपल्ट यस प्रकारको अभियान शुरु आफ्नो संस्थाले गरेको जानकारी संस्थाका अध्यक्ष अधिवक्ता निर्मल उप्रेतीले जानकारी गराउनु भयो । कार्यक्रम अत्यन्त सहभागितामूलक थियो ।

Leave a Reply