Journalist Fellowship

 

Journalist Fellowship

राष्ट्र निर्माण मन्च नेपाल २०७२ बैशाख १२ र २९ गते गएको विनाशकारी भुकम्प पश्चात तत्काल खोज , उद्दार र राहत कार्यमा सक्रियतापुर्वक सहभागी भयो । भुकम्पपछिको पुननिर्माणको लागि राज्यले पुनर्निर्माण सम्बन्धी ऐनको जारी गरी राष्ट्रिय पुननिर्माण प्रधिकरण गठन भयो । तत् पश्चात् हाम्रो संस्थाले सामुदायिक घुम्ती कानुनी क्लिनिक मार्फत विभिन्न १० भन्दाबढी जिल्लाका प्रभावित र सरोकारवालालाई निरन्तर निशुल्क कानुनी परामर्श तथा सहायता प्रदान गरिरहेको छ । साथै सरोकारवाला पक्षसंग नीतिगत सवालमा बहस पैरवी समेत गरीरहेको छ । पुनर्निर्माणमा स्थानीय सरकारको भूमिका सम्बन्धी तालिम साथै रेडियो र टि.भी कार्यक्रम समेत संचालन गर्दैआएको छ । यसै सन्दर्भमा भुकम्पपीडितका सवाल र समस्याहरुलाई वस्तुपरक तवरबाट विश्लेषण गरि पुनर्निर्माणलाई छिटो , छरितो र प्रभावकारीताका साथ सम्पन्न गर्न नेपाल सरकार र सम्बन्धित निकायलाई सहयोग पुर्याउने उद्देश्यकासाथ राष्ट्रिय दैनिक पत्रिकामा क्रियाशील पत्रकार ज्युहरुका लागि भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी खोज तथा अनुसन्धानमुलक पत्रकारिताको लागि यो आवेदन पत्र खुल्ला गरिएको छ ।https://docs.google.com/forms/d/e/1FAIpQLSfyCIkYBs7xz90qK_5p0PKOEL1cmHiWNxrZbGi4ENPX22415Q/viewform